शिवपुरीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा कांग्रेसका गोविन्दप्रसाद थपलिया र उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ निर्वाचित भएका हुन् ।
थपलियाले निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर उप्रेतीलाई एक सय नौ मतले पराजित गरेका हुन् । थपलियाले चार हजार १८२ तथा उप्रेतीले चार हजार ७३ मत प्राप्त गरे।
उपाध्यक्षमा तामाङले चार हजार ५२० तथा उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्दिरा खड्काले चार हजार ५६ मत ल्याए । सो गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।
यस्तै वडाध्यक्षतर्फ वडा नं १, २, ३ र ७ मा माओवादी केन्द्र, वडा नं ४ र ८ मा कांग्रेस तथा वडा नं ५ र ६ मा एमाले विजयी भएको सहायक निर्वाचन अधिकृत दयाराम पौडेलले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया