बाबुराम भट्टराईको गृहनगरमा माओवादी विजयी
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको गृहनगर गोरखाको पालङटार नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा माओवादी केन्द्र विजयी भएको छ ।
त्यहाँ माओवादीविरुद्ध जनता समाजवादी र एमालेबीच गठबन्धन भएको थियो । तर मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रका क्रमशः विवश चिन्तन र वन्दता पाण्डेको पल्लाभारी भएको छ ।
मेयरमा विजयी चिन्तनले ६०७२ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङ ५७१७ मतमा रोकिए ।
कांग्रेसका दीपकबाबु कँडेलले ४९९७ मत पाए ।
उपमेयरमा निर्वाचित वन्दना पाण्डेले ५५७९ मतका साथ जित दर्ता गराउँदा उनको नजिककी प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ ल्याइन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया