गठबन्धन हराउँदै रेशम चौधरीको पार्टी गाउँपालिकामा विजयी
काठमाडौं । कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा चित्रबहादुर चौधरी र रेखादेवी कठरिया निर्वाचित भएका छन् ।
दुवै उम्मेदवार नागरिक उन्मुक्ति पार्टीको तर्फबाट विजयी भएका हुन् । नागरिक उन्मुक्ति पार्टी रेशम चौधरीको अगुवाइमा गठन गरिएको दल हो ।
यहाँ सत्तारुढ गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा विजयी चौधरीले चौधरीले ४९०३ र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बन्सराम बडायकले ३३६८ मत हासिल गरे ।
उपाध्यक्षमा विजयी कठरियाले ४५८१ मतका साथ जित सुनिश्चित गर्दा माओवादी केन्द्रका दीर्घराज बिनाडीले २६८ मत मात्रै हासिल गरे ।
यो नागरिक उन्मुक्ति पार्टीको दोस्रो जित हो । यसअघि उसले कैलालीकै टीकापुर नगरपालिकाको मेयर पनि विजय हासिल गरेको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया