NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

रेशम चौधरीको पार्टीले गठबन्धनलाई हराउँदै जित्यो कैलालीका दुई पालिका

कैलाली । कैलालीको जोशीपुर गाउँपालिका अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । नागरिक उन्मुक्ति पार्टीका चौधरी ४ हजार ९०३ मत प्राप्त गरी विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका वंशराम बडायकलाई पछि पार्दै विजयी भएका हुन् ।

उपाध्यक्षमा नागरिक उन्मुक्ति पाटीकै रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी वडा नं. ७ को वडाध्यक्षमा नेकपा (एमाले) का बमबहादुर शाह ६६४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

महिला सदस्यमा एमालेकै गौरादेवी जैसी, दलित महिला सदस्यमा नागरिक उन्मुक्तिका इसरा कुमारी टमट्टा, खुला सदस्यमा नेपाली कांग्रेसका तेजप्रकाश हमाल, र हिराप्रसाद चौधरी विजयी भएका छन् ।

त्यस्तै, टीकापुर नगरपालिकाको मेयर पनि नागरिक उन्मुक्ति पार्टीले जितेको छ । जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा केही महिनाअघि खाेलिएकाे पार्टीले स्थानीय तह निर्वाचनमा दुई पालिका जितेको छ ।

टिकापुरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारूले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार नवराज रावललाई हराएका छन् । थारूले ९६४२ मत पाएका छन् भने रावलले ६६४२ मत प्राप्त गरेका छन् ।