NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

अपर सोलु हाइड्रोको आइपिओमा मागबमोजिम आवेदन नपरेपछि म्याद थप

काठमाडाैं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपिओमा आवेदन दिने म्याद गरिएको छ । उक्त आइपिओमामा माग बामोजिमको आवेदन नआएकाले म्याद थप गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले वैशाख २२ गतेदेखि जेठ ५ गतेसम्मको लागि निष्काशन तथा बिक्री खुला गरेको थियो । म्याद थप गरिएसँगै अब आइपिओ जेठ २० गतेसम्म भर्न पाइने भएको हो ।

कम्पनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो सेयरमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष