अपर सोलु हाइड्रोको आइपिओमा मागबमोजिम आवेदन नपरेपछि म्याद थप
काठमाडाैं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपिओमा आवेदन दिने म्याद गरिएको छ । उक्त आइपिओमामा माग बामोजिमको आवेदन नआएकाले म्याद थप गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले वैशाख २२ गतेदेखि जेठ ५ गतेसम्मको लागि निष्काशन तथा बिक्री खुला गरेको थियो । म्याद थप गरिएसँगै अब आइपिओ जेठ २० गतेसम्म भर्न पाइने भएको हो ।
कम्पनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो सेयरमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया