अर्थतन्त्रको सुधारका लागि पहल गरिएन : रावल
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा पनि आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी छ ।
बैठकमा नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले अर्थतन्त्रको सुधारका लागि पहल गर्न नखोजेको आपत्ति जनाए । उनले कृषि उतपादन र कृषि उत्पादकत्वमा ध्यान नदिइएको जनाउँदै देशभित्रै रोजगारीको अभिवृद्धि गर्न, विदेशी कामदार ल्याउनै नपर्ने व्यवथा गर्न माग गरे । उनले माथिल्लो कर्णालीजस्ता र पश्चिम सेती जलविद्युत ठूला आयोजना आफैँले निर्माण गर्न सुझाव दिए । उनले भने ‘सुशासन कायम गर्न सरकारको तर्फबाट विशेष ध्यान दिनुपर्छ ।’
सोही दलका सांसद विशाल भट्टराईले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल गर्दा अर्थमन्त्री जनार्दन शर्माको उपस्थिति नभएकामा आपत्ति जनाए । उनको आपत्तिपछि सभामुख अग्निप्रसाद सापकोटाले यसबारेमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित मन्त्रीलाई उपस्थितिका लागि रुलिङ गरे । अर्थमन्त्री नआउँदासम्म सदनमा उपस्थित अन्य मन्त्रीलाई टिपोट गर्न निर्देशन दिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया