NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

दोहोरो अंकले घट्यो नेप्से

काठमाडाैं । बुधबार सामान्य बढेको सेयर बजार बिहीबार घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.८८ अंकले घटेर ४३७.२१ अंकमा पुगेको छ  ।

आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज कुल २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ सेयर खरिद बिक्री हुँदा एक अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोषको सेयरमूल्यबाहेक सबैको घटेको छ । सामूहिक लगानी कोषको सेयरमूल्य ०.७५ प्रतिशतले बढेको हो ।

आज सबैभन्दा बढी वित्तको २.४५ प्रतिशतले सेयरमूल्य घटेको छ । अन्य उपसमूहरूमा जलविद्तुतको सेयरमूल्य  १.७१ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.४२, होटल तथा पर्यटन ०.७२, विकास बैंक २.०९, अन्य १.०६, लघुवित्त १.११, लगानी १.४१ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार १.२५, नीर्जीवन बीमा कम्पनी १.४६ , उत्पादन ०.८२ र जीवन बीमा कम्पनी १.५४ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज प्रभु बैंक लिमिटेड प्रमोटर सेयर  सबैभन्दा धेरै १२ करोड ८१ लाख ७९ हजार ९६२ रूपैयाँको कारोबार भएको छ । त्यस्तै एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाको ५ करोड ७ लाख ७२ हजार ८२०, अरूण भ्याली हाइड्रोपावरको ३ करोड ९० लाख ७६ हजार १७६ रुपैयाँको सेयर कारोबार भएको छ।

बिहीबार सबैभन्दा धेरै जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ७.४५ प्रतिशतले बढेको छ । त्यस्तै प्रभु बैंकको ४.३२, मैलुङ खोला जलविद्तु कम्पनीको २.९४ प्रतिशतले बढेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै ७.०८ प्रतिशतले घटेको छ भने युनियन हाइड्रोपावरको ५.३ प्रतिशतले सेयरमूल्य घटेको छ ।