धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार हमाललाई दोब्बर मतको अग्रता
काठमाडौं । धनगढी उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता दोब्बर पारेका छन् ।
मतगणनाको सुरुवातदेखि नै अग्रता लिँदै आएका हमालले ४२ हजार ३३० मतगणना हुँदा आफ्नो अग्रता दोब्बर पारेका हुन् ।
प्राप्त पछिल्लो मतपरिणामअनुसार, हमालले १९ हजार १४७ मत ल्याएका छन् । कांग्रेसका नृपबहादुर ओडको पक्षमा ९ हजार ५५७ मत मात्रै खसेको छ ।
हमाल र ओडबीचको मत अन्तर ९ हजार ५५७ छ ।
नेकपा एमालेका रणबहादुर चन्दले ४६६४ मत हासिल गरेका छन् ।
उपमेयरतर्फ माओवादी केन्द्रकी शान्ति अधिकारीले ८८१५ मत हासिल गरेकी छन् । एमालेकी चन्दकला रानाले ८१४१ मत पाएकी छन् ।
स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीको मत ५०३६ छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया