शिक्षक कर्मचारीको पोशाक परिवर्तन
काठमाडौं । शिक्षा मन्त्रालयले सरकारी विद्यालयमा अध्यापन गराइरहेका शिक्षक कर्मचारीको पोशाक परिवर्तन गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी नयाँ सूचना अनुसार उक्त पोशाक चालु सत्रभित्र कार्यान्वयन गर्न आदेश दिएको छ ।
उक्त सूचनामा उल्लेख गरिएअनुसार शिक्षक कर्मचारीले अब गाढा खैरो रंगको सुट, कोट र पाइन्ट, हल्का निलो रङका कमिज, कलेजी रङको स्वीटर र कालो रङको जुत्ता लगाउनुपर्नेछ । यो पोशाक महिला र पुरुष दुवैको हकमा लागू हुने जनाइएको छ ।
तर, महिलाहरुले लगाउँदै आएको साडी, ब्लाउज, कुर्ता सुरुवालमा भने परिवर्तृन नगरिएको सूचनामा उल्लेख छ ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया