राजपुर नगरपालिकामा अफताब आलमका छोरा राजिक विजयी
रौतहट । रौतहटको राजपुर नगरपालिकाको मेयरमा कांग्रेसका मोहम्मद राजिक आलम विजयी भएका छन् । जसपाका मोहम्मद जैद आलमलाई हराउँदै उनी निर्वाचित भएका हुन् ।
आलमले ६ हजार ३ सय ३५ र मोहम्मद जैदले ३ हजार ७ सय ५१ मत ल्याएका छन् । उपप्रमुखमा कांग्रेसकै जमिला अगसरी विजयी भएकी छन् । उनले जसपाका चिन्ताकुमार कलवारलाई हराएकी हुन् ।
राजिक निलम्बित सांसद मोहम्मद अफताब आलमका कान्छो छोरा हुन् । राजिक चिकित्सक पनि हुन् ।
अहिले अफताब पहिलाे संविधानसभा निर्वाचनका समयमा बम बनाइरहेका बेला विस्फोट भएर घाइते भएकालाई इँटाभट्टामा हालेको ज्यान मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।
कांग्रेसले रौतहटमा राजपुरसँगै दुई पालिका जितेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया