काठमाडौं महानगरमा बालेनको फराकिलो अग्रता यथावत्
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा आफ्नो फराकिलो अग्रता बनाउँदै आएका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले त्यसलाई यथावत् राखेका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार, साहले स्थापितभन्दा १५६८१ बढी मत हासिल गरेका छन् । बालेनले ३३२६० मतका साथ लिड गरिरहँदा स्थापितले १७ हजार ६९२ र सिर्जनाले १७५७९ मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरपालिकामा हालसम्म ९० हजार २९२ मतको गणना सम्पन्न भइसकेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया