नबिल बैंक र नेपाल बंगलादेश बैंकको विशेष सधारण सभा आज हुँदै, मर्जरको प्रस्ताव पारित गर्ने

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको विशेष सधारण सभा आज शनिवार हुँदैछ । नबिल बैंकले सिल्भर ओक ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे साधारण सभा गर्ने जनाएको छ । सभाले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
नेपाल बंगलादेश बैंकले पनि आर्ज शनिवार बिहान ११ बजे भर्चुअल माध्यमबाट विशेष साधारण सभा गर्ने जानकारी गराएको छ । विशेष साधारण सभाले नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यी कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि बैशाख ३० गते बुक क्लोज गरेका छन् । यस आधारमा बैशाख २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया