नबिल बैंक र नेपाल बंगलादेश बैंकको विशेष सधारण सभा आज हुँदै, मर्जरको प्रस्ताव पारित गर्ने
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको विशेष सधारण सभा आज शनिवार हुँदैछ । नबिल बैंकले सिल्भर ओक ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे साधारण सभा गर्ने जनाएको छ । सभाले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
नेपाल बंगलादेश बैंकले पनि आर्ज शनिवार बिहान ११ बजे भर्चुअल माध्यमबाट विशेष साधारण सभा गर्ने जानकारी गराएको छ । विशेष साधारण सभाले नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यी कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि बैशाख ३० गते बुक क्लोज गरेका छन् । यस आधारमा बैशाख २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया