महोत्तरीको गौशालामा जसपा विजयी
महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ ।
शनिबार सकिएको मतगणना परिणामअनुसार प्रमुखमा आठ हजार ७९९ मतका साथ डा दीपेन्द्रकुमार सिंह र उपप्रमुखमा आठ हजार ४५५ मत प्राप्त गरी रेणुकुमारी महतो निर्वाचित भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
प्रमुख र उपप्रमुख दुवै पदमा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका छन् ।
प्रमुखमा विष्णु योञ्जन लामाले पाँच हजार ६२७ र उपप्रमुखमा जनकदुलारी साहले पाँच हजार ४९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले पुष्टि गरे ।
गौशालासँगै अब परिणाम घोषणा भएका स्थानीयतहको सङ्ख्या जिल्लामा १३ पुगेको छ ।
जिल्लामा अब जलेश्वर र भङ्गाहा नगरपालिकाको मात्र परिणाम घोषणा हुन बाँकी रहेको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीयतह निर्वाचन भएपछि आज एक सातापछि गौशालाको परिणाम घोषणा भएको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया