हामीलाई बलात्कार गर्न बन्द गर !

काठमाडौं । फ्रान्समा भइरहेको ७५ औं कान्स फिल्म फेस्टिभलमा रुसी सैनिकको विरोधमा एक युक्रेनी महिलाले आफूले लगाएका सबै कपडा खोलेर विरोध जनाएकी छन् । आफ्नो शरीरमा लेखिएको बलात्कारविरुद्धको सन्देश प्रकट गर्न उनले आफ्नो लुगा फुकालेकी हुन् ।
एक रिपोर्टका अनुसार विरोध गर्ने क्रममा उनी दुर्घटनामा पनि परिन् । शुक्रबार जर्ज मिलरको ‘थ्री थाउजन्ड इयर्स अफ लङ्गिङ’ को प्रदर्शनका क्रममा कान्सको रेड कार्पेट प्रिमियरमा ती महिलाले आफ्नो शरीरमा युक्रेनी झण्डाको रंगमा हामीलाई बलात्कार गर्न बन्द गर’ भन्ने शब्दहरू लेखेकी थिइन् ।
विश्वभरका सेलिब्रेटी भेला हुने कान्स यतिवेला चर्चामा थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत महिना अनुसन्धानकर्ताहरूले युद्धका समयमा रुसी सेनाले कब्जा गरेको क्षेत्रमा साना बालबालिकासहित सयौंलाई बलात्कार गरेको रिपोर्ट प्राप्त गरेको बताएका थिए ।
पूर्व अभिनेता जेलेन्स्कीले मंगलबार कान्स उद्घाटन समारोहमा आफ्नो देशलाई सहयोगको लागि भिडियो अपील पनि गरे ।
जेलेन्स्कीले कान्स फिल्म फेस्टिभलको ७५ औं संस्करणको उद्घाटन समारोहमा लाइभ स्याटेलाइट भिडियोमार्फत भावनात्मक सम्बोधन गरेका थिए र फिल्म निर्माताहरूलाई तानाशाहहरूको सामना गर्न आह्वान गरे ।
बिहीबार ‘मारिउपोलिस २’ को विशेष स्क्रिनिङसहित कान्समा युद्ध सुरु देखि नै प्रमुख विषयवस्तु भएको छ । ‘मारिउपोलिस’ गत महिना युक्रेनमा मारिएका लिथुआनियाली निर्देशक मान्टास क्वेडाराभिसियसको वृत्तचित्र हो ।
युक्रेनमा रुसको युद्ध यस वर्षको कान्स फेस्टिभलमा चर्चाको विषय बनेको छ । युक्रेनी चलचित्र निर्माताले बनाएका धेरै चलचित्रहरू त्यहाँ प्रदर्शन भइरहेको छ ।
⚡️”Прекратите нас насиловать”. Полуобнаженная активистка в цветах Украины и со следами крови устроила скандал на фестивале в Каннах.
Гости Каннского фестиваля вынуждены были перестать ее насиловать pic.twitter.com/MXSVznjcCV— Alexander Bunin (@abunin) May 20, 2022
प्रतिक्रिया