अष्ट्रेलियामा शनिबार संघीय निर्वाचन हुँदै
क्यानबेरा । अष्ट्रेलियामा शनिबार देशभरी संघीय निर्वाचनका लागि मतदान भइरहेको छ । स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा गठबन्धन र लेबर पार्टीका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि दुवै पक्षले बहुमत ल्याउने कसरत गरेका छन् ।
उनीहरु मध्ये कुनै एउटा पक्षले मात्रै बहुमत ल्याउन सकेनन् भने त्रिशंकू संसद् बन्ने छ र त्यसको प्रभाव सरकार निर्माणमा पनि पर्नेछ । त्यस्तो अवस्थामा गठबन्धन वा लेबरले साना दलका सांसद र स्वतन्त्र सांसदहरूलाई आफ्नो पक्षमा तान्नु पर्छ।
अष्ट्रेलियाको तल्लो संघीय संसद्मा बहुमत पुर्याउनका लागि कम्तीमा ७६ सिट जित्नु पर्दछ । अष्ट्रेलियाको तल्लो संघीय संसद्मा १५१ सिट रहेको छ ।
अष्ट्रेलियामा १८ वर्ष पुरा भएका हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगका अनुसार यो वर्ष मतदाताको कुल सङ्ख्या एक करोड ७० लाखभन्दा बढी छ । तर मतदानका लागि योग्यता भएका ८० लाखभन्दा बढीले मतदान गर्ने अपेक्षा गरिएको छ । देशभरी सात हजारभन्दा बढी मतदान केन्द्रहरू तोकिएका छन् ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया