चुनाव सकिएपछि पहिलोपटक बस्यो सत्ता गठबन्धनको बैठक
काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक केहीबेरअघि सकिएको हो ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।
सरकारले जेठ १० गते नीति तथा कार्यक्रम पेस गर्दै छ । बैठकमा संसद्मा पेस हुन लागेको सरकारको सोही नीति तथा कार्यक्रमबारे छलफल भएको बताइएको छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल पनि सहभागी थिए ।
वैशाख ३० गते स्थानीय तहको चुनाव भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूको पहिलोपटक बैठक बसेको हो ।
गत जेठ ३ गते प्रधानमन्त्री देउवाका भाइ प्रमबहादुरको निधन भएको थियो । त्यसयता देउवा पारिवारिकबाहेक पार्टी कार्यक्रम, बैठक वा सार्वजनिक ठाउँमा देखिएका थिएनन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया