NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

हजारौंको जुलुस देखाएर ओलीले जहाँ भाषण गरे त्यहीँ एमाले पराजित

महानगर, उममहानगरसहित लालकिल्ला नै गुमे

काठमाडौं । स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत पालिका जित्ने एमाले अध्यक्ष केपी ओलीको दाबी झुट सावित भएको छ ।

चैत १ मा अखिल नेपाल महिला संघले काठमाडौंमा गरेको कार्यक्रममा ओलीले एमाले एक्लैले स्थानीय तह चुनावमा ६० देखि ७० प्रतिशत सिट जित्ने दाबी गरेका थिए ।

‘एमाले कसैको वैशाखी टेक्दैन । ढोडको लौरी टेक्ने होइन, हामी एक्लै चुनाव लड्न र जित्न सक्छौं’, ओलीको दाबी थियो, ‘६० देखि ७० प्रतिशत सिट एमाले एक्लै जित्छ ।’

२४ वैशाखमा विराटनगरको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले वैशाख ३० पछि गठबन्धन धूलोपिठो हुने भविष्यबाणी गरे ।

त्यस्तै २७, वैशाखमा काठमाडौंको अन्तिम चुनावी सभालाई सम्बोधनको क्रममा ओलीले ज्योतिषीको हवाला दिँदै चुनावको मिति वैशाख ३० रोज्नु नै गठबन्धनका लागि ठूलो खड्को रहेको दाबी गरे । तर ७० प्रतिशतसम्म पालिका जित्ने दाबी हचुवा बन्दै झुटमा परिणत भएपछि पछि अहिले उनी मौन छन् ।

ओलीको दाबी ६० प्रतिशत तर गठबन्धनले पाए ६५ प्रतिशत

ओलीले भविष्यवाणी गरेको दुई महिना सात दिनमा चुनावी परिणाम उल्टिएको छ । अहिले ३०७ सिटसहित कांग्रेस पहिलो दल भएको छ । दोस्रोमा रहेको एमालेले १८८ सिट जितेको छ । तेस्रोमा माओवादी केन्द्रले ११९ सिट जितेको छ । जसपा २५, एकीकृत समाजवादीले १७ सिट जितेको छ । गठबन्धनले प्राप्त गरेको अहिलेसम्मको निर्वाचित सिट संख्या जोड्दा ६२ प्रतिशत हुन आउँछ । अन्तिम चुनावी परिणाम आउँदासम्म गठबन्धनको सिट संख्या बढेर ६५ प्रतिशतभन्दा माथि पुग्ने देखिन्छ । यसरी चुनावी परिणामले ओलीको आफ्नै दाबी उल्टो देखियो ।

चुनावी परिणाम हेर्दा ओलीको एजेण्डा र कार्यक्रमलाई बहुसंख्यक जनमतले अस्वीकार गरेको देखिन्छ । अझ रोचक कुरा त चुनावी अभियान नै चलाएर देशव्यापी दौडाहाको क्रममा ओली जहाँ–जहाँ पुगेका छन्, त्यहाँका अधिकांश स्थानमा एमालेले पराजय भोगेको छ । ओली पुग्ने गरेका चुनावी सभामा एमालेले उल्लेख्य मात्रामा जनसहभागिता देखाउथ्यो । यही सहभागितालाई लिएर ओली ओलीले उत्साहजनक भाषण पनि गर्थे । उपस्थिति देखेर ओली निकै हौसिंदै विपक्षीप्रति आक्रामक भाषणमा उत्रिन्थे । उनको यो क्रम चुनावी अभियानका व्यस्त एक महिनाको अवधिमा सबैतिर एकै किसिमको देखिन्थ्यो । तर अहिलेसम्मको मतपरिणाम हेर्दा ओलीको दाबी ठीक उल्टो र झुटो ठहरिएको छ । ओलीले जहाँ–जहाँ पुगेर एमाले बलियो छ भन्दै उत्साहपूर्ण भाषण गरेका थिए एमालेले त्यही नै नमिठो पराजय बेहारेको छ ।

स्थानीय तहमा जितेको संख्यामा एमालेलाई खासै असर नपरेकोको हो कि भन्ने पनि देखाउँछ । तर ०४९ सालयता कहिल्यै नहारेका एकलौटी प्रभाव क्षेत्र गुमाउँदा उट्पट्याङ र हलुका भाषणले ताली खाने ओलीलाई ओलीलाई सोच्न बाध्य बनाएको छ ।

६ महानगरकापालिका कम्तिमा तीनवटा जित्ने दाबी गरेको एमालेले सबैमा पराजयको बाटोमा छ । ६ महानगरमध्ये चारवटामा एमालेले सत्ता गठबन्धनका उम्मेदवारलाई नजिक पुगेर टक्कर पनि दिन सकेन । अघिल्लो चुनावमा पनि हारेको भरतपुरलाई प्रतिष्ठामा राखे पनि एमाले कमजोर देखिंदै गएको छ । बलियो प्रभाव रहेको पोखरामासमेत एमाले आफ्नै दलसँग छुट्टिएको नेकपा समाजवादीसँग पछि परेको छ । २०७४ मा एमालेले काठमाडौं र पोखरा महानगरापालिकाको नेतृत्वमा सहजै हात पारेको थियो । तर यसपटक सहजै फुत्किने अवस्थामा पुगेको छ ।

महानगर गुमाउने बाटोमा अग्रसर हुँदा ११ उपमहानगरपालिकामध्ये दाङको घोराही र बाराको कलैया जितेर एमालेले केही राहत बटुलेको छ । दाङको तुलसीपुरमा पनि झिनो मतले अग्रता लिएको छ । कम्तिमा ८ उपमहानगरपालिका गुमाउनेबाटोमा एमाले छ । एमालेको गढ मानिएको हेटौंडा र बुटवल गठबन्धन दलको पोल्टामा गएको छ । तर महानगर, उपमहानगर र २०४९ सालदेखि जित्दै आएका एमालेका बलिया ‘लालकिल्ला’ यसपटक भत्किएका छन् ।

स्थानीय तहमा जितेको संख्यामा एमालेलाई खासै असर नपरेकोको हो कि भन्ने पनि देखाउँछ । तर ०४९ सालयता कहिल्यै नहारेका एकलौटी प्रभाव क्षेत्र गुमाउँदा उट्पट्याङ र हलुका भाषणले ताली खाने ओलीलाई ओलीलाई सोच्न बाध्य बनाएको छ ।

निर्वाचन अघि ओलीको सक्रियता

ओलीले महानगर र उपमहानगरलाई लक्षित गरी निर्वाचनको पूर्वसन्ध्यामा पूर्वमा झापादेखि पश्चिमको कैलाली–कञ्चनपुरसम्म आक्रामक रूपमा चुनावी अभियान चलाए । काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगन्ज महानगरपालिकालाई ओलीले उच्च प्राथमिकतामा राखेका थिए । यी ६ महानगरमा पटकपटक कार्यक्रम राखेर पुगे । साथै इटहरी, धरान, जनकपुर, जितपुर–सिमरा, कलैया, हेटौँडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्जसहितका उपमहानगरपालिकामा विभिन्न कार्यक्रमसहित चुनावीसभामा ओली सक्रिय रहे । एकदिन तीनचार वटासम्म कार्यक्रमलाई सम्बोधन गर्न भ्याए ।

मौनअवधिको दिन २७ वैशाखको साँझसम्म देश दौडाहामा खटेका ओलीले पार्टीका केन्द्रीय पदाधिकारीलाई महानगरमा खटाएका थिए । जसअनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं निर्वाचन परिचालनको कमान्ड भए । ललितपुरमा ओलीले उपमहासचिव प्रदीप ज्ञवालीलाई चुनावी अभियानमा खटाए ।

भरतपुरमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र वाग्मती प्रदेशमा इन्चार्ज काशीनाथ अधिकारीलाई चुनावी अभियानमा पठाए । पोखरमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव पद्यमा अर्याललाई खटाए । वीरगञ्जको जिम्मा सचिव रघुवीर महासेठ र स्थायी कमिटी सदस्य प्रभु साहलाई सुम्पिए । प्रदेश १ को विराटनगरमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य लालबाबु पण्डितलाई परिचालन गरे । भोट बढाउन र जिताउन ओली प्रभावशालीलाई खटाए पनि धेरै ठाउँमा नतिजा कमजोर देखियो ।

रातको चार घण्टा मात्रै सुतेर ओलीले यसरी एकै दिनमा तीनचार वटा चुनावी सभालाई घण्टौं सम्बोधन पनि गरे । तर ओली जहाँ–जहाँ पुगेर उत्साही भाषण गरेका छन् त्यही–त्यही ठाउँमा एमालेले धक्का खाएको छ

सत्तागठन्धनविरुद्ध एक्लै चुनाव लड्ने दावी गरेका ओलीले निर्वाचनको मुखमा राप्रपा, लोसपा, राप्रपा कमल थापा समूह, कांग्रेसका गोविन्दराज जोशी समूह लगायतसँग चुनावी तालमेल पनि गरे । तर यस्ता तालमेल कामकाजी कतै देखिएन ।

दुईदुईपटक मिर्गौला प्रत्यारोपण गराएका ७१ वर्षीय ओलीको निर्वाचनकेन्द्रित अभुतपूर्व सक्रियताबाट विपक्षीहरू नै आश्चर्यचकित भएका थिए । जीर्ण शरीरका बाबजुद ओली यति व्यस्त भए कि एकै दिनमा अलगअलग जिल्लाका तीन÷चारवटा कार्यक्रम भ्याए । जिल्लाको चुनावी सभा तथा भेला प्रशिक्षणमा सक्रियतापूर्वक सहभागिता जनाए । रातको चार घण्टा मात्रै सुतेर ओलीले यसरी एकै दिनमा तीनचार वटा चुनावी सभालाई घण्टौं सम्बोधन पनि गरे । तर ओली जहाँ–जहाँ पुगेर उत्साही भाषण गरेका छन् त्यही–त्यही ठाउँमा एमालेले धक्का खाएको छ ।

ओली कहाँ–कहाँ गए ? कहाँ–कहाँ धक्का खाए ?

वीरगञ्ज–फागुन २८, वीरगञ्जका निर्वतमान मेयरसहित जसपाका धेरै नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराए । जसपाको जनमत तान्नका लागि विजय सरावगीलाई मेयरको टिकट दिए । मधेसको समस्या समाधान एमालेलेमात्र गर्न सक्ने दाबी गर्दै मधेसको भोट तान्ने अस्त्र फ्याँके । वीरगञ्जको पछिल्लो परिणम अनुसार गठबन्धनका उम्मेदवार राजेशमान सिंह एमालेका उम्मेदवार सरावगीभन्दा दोब्बर मतले अग्रता लिएका छन् । सिंहले २८ हजार कटाउँदा सरावगीको जम्मा बल्ल १५ हजार कटाएका छन् । उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार इस्तियाक आलमले २३ हजार मत कटाउँदा एमाले समर्थित लोसापका पुरुषाेत्तम झाजम्मा ६ हजार आसपास मतमा छन् ।

ललितपुर–वैशाख २६, ललितपुर सभालाई सम्बोधन गर्दै ओलीले एमाले सरकार हटेर गठबन्धनको सरकार आएसँगै देशमा अलच्छिन सुरू भएको टिप्पणी गरेका थिए । उनले अलच्छिना सरकार हटाउन ७ महिनामा फाल्नेसम्म बताए ।

तर ओलीले बोलेको चौथो दिनमा भएको चुनावबाट ललितपुरमा एमालेका मेयरका उम्मेदवारको बिजोगलाग्दो आयो । कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले सुरुवाबाटै भारी मतको अग्रता लए । महर्जनले ३२ हजार कत कटाउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले बल्ल २० हजार कटाएका छन् । २०७४ सालको चुनावमा एमाले उम्मेदवार ब्यञ्जनकार नै चिरिबाबुसँग ३२६ मतले पराजित भएका थिए । तर अघिल्लोपटक पराजित भएकै नेतालाई उम्मेदवार बनाएपछि एमालेलाई ललितपुरमा नमिठो झट्का लागेको छ । उपमेयरमा एमालेमा एमाले उम्मेदवार मञ्जली शाक्य भारी अग्रता लिएकी छिन् ।

पोखरा– वैशाख २६ मा ओलीले वैशाख ३० पछि गठबन्धनलाई सेतीमा सलल बगाउने घोषणा गरेका थिए । तर त्यही सेती आसपासको पोखरा महानगरको परिणाम ओलीको दाबीभन्दा काट्ने खालको आइरहेको छ । एमाले मेयरका हारनजिक पुगेका छन् ।

पोखरामा एमालेबाट विद्रोह गरेका एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य फराकिलो अन्तरसहित अग्रता लिइररहेका छन् । मेयरमा धनराज आचार्य ४१ हजार कटाइसकेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापा पछिलले केही दिनयता निरन्तर तीन हजारको अन्तरले पछाडि पर्दै आएका छन् । उपमेयरमा एमालेकी मञ्जु गुरुङ अग्रता लिंदै आए पनि नतिजा उल्टिन सक्ने देखिएको छ । एमालेलाई १० वडा जित्न पनि मुस्किल देखिएको छ ।

भरतपुर– वैशाख २५, मा चुनावी सभालाई सम्बोधन गर्न ओली भरतपुर पुगे । भरतपुरमा प्रचण्डप्रति लक्षित गर्दै ओलीले कसैले धम्क्याएर देश दुर्घटना नजाने टिप्पणी गरे । ओलीले भने–‘वैशाख ३० मा दुर्घटना होइन, घटना हुन्छ, गठबन्धनले नराम्रोसँग हार्छ ।’ भरतपुरमा ओलीले दाबी गरेको भन्दा उल्टो परिणाम आइरहेको छ ।

मेयरमा माओवादी केन्द्रका रेनु दाहाल आठ हजार बढीको अन्तरले अग्रता लिइरहेकी छिन् । सुरुवातमा टक्कर दिए पनि एमालेका विजय सुवेदी निरन्तर पछाडि पर्दै आएका हुन् ।

विराटनगर– वैशाख २५, प्रदेश १ को चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनको टायर वैशाख ३० पन्चर हुने दाबी गरेका थिए । शनिबार आएको अन्तिम परिणाम अनुसार विराटनगरको मेयरमा एमाले पराजित भएको छ । गठबन्धनबाट कांग्रेसका उम्मेदवार रहेका नागेश कोइराला ३० हजार १७० मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका सागर थापाले २१ हजार ४५५ मत पाए । जुन भारी मतान्तर हो । उपमेयरमा एमालेकी उम्मेदवार शिल्पा कार्की विजयी भएकी छन् । कार्कीले २५ हजार ६८० मत ल्याउँदा उनका प्रतिस्पर्धी जसपाका अमरेन्द्र यादवले १४ हजार २१९ मत पाएका छन् ।

काठमाडौं–संघीय राजधानीसमेत रहेको काठमाडौंमा अप्रत्यासित नतिजा आएइरहेको छ । वैशाख २७ गते ओलीले अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनको भविष्य निर्धारण गरेका थिए । काठमाडौंसहित सबै महानगर र उपमहानगरमा एमालेले एकलौटी जित निकाल्ने दाबी गरेका थिए । तर चुनावी परिणाम न त ओलीले दाबी गरेजस्तो भयो न गठबन्धनले अपेक्षा गरेको नै आइरहेको छ । काठमाडौंमा सबैलाई चकित पार्दै स्वतन्त्र उम्मेदवार बालेन शाहले विपक्षी उम्मेदवारभन्दा फराकिलो मतान्तरले सुरुदेखि नै अग्रता लिइरहेका छन् । शाहले ४० हजार कटाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले २२ हजार कटाएकी छिन् । एमालेका उम्मेदवार केशव स्थापित दोस्रोबाट तेस्रोमा पुगेका छन् । उपमेयरमा भने एमालेका उम्मेदवार सुनिता डंगोलले फराकिलो मतान्तरसहित अग्रता लिएकी छिन् । ग्ल्यामरबाट सोझै उम्मेदवार बनाउन ल्याइएकी उनले जित लगभग पक्का भइसकेको छ ।

उपमहानगपालिकामा एमालेलाई ठूलो धक्का

धनगढी– वैशाख २२, सुदूरपश्चिमको कैलाली र कञ्चनपुर पुगेर ओलीले कैलालीको धनगढी उपमहानगरपालिकासहित १३ वटै पालिका जित्ने दावी गरेका थिए । धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २६ हजार ८६५ मतसहित फराकिलो अन्तरले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १४ हजार ८१७ मत पाए । स्वतन्त्रको उम्मेदवारमा देशका अन्य ठाउँमा देखिएको लहर धनगढीमा देखिएपछि हमालले वडसँग यसपटक सानदार बदला लिएका छन् ।

नेपालगञ्ज– गत निर्वाचनमा राप्रपा विजयी भएको नेपालगञ्जलाई योपटक आफ्नो पक्षमा ल्याउन ओलीले धेरै मेहनत गरे । चुनावी रणनीति बनाउनेक्रममा नेपालगञ्जका पुराना राजनीतिज्ञ पशुपतिदयाल मिश्रलाई मेयरको टिकट दिने वचनसहित एमाले प्रवेश गराएर टिकट दिए । तर मिश्रले एमालेलाई जित दिलाउन सकेनन् । नेपालगञ्जमा कांग्रेसका उम्मेदवार प्रशान्त बिष्ट २३ हजार ४६० मत ल्याइ विजयी भए । मिश्र ११ हजार ७८५ फराकिलो मतान्तरले पराजित भए । उपमेयरमा जसपा १७ हजार ९१५ मत ल्याइ विजयी भयो । एमालेले दोस्रो स्थानमा चित्त बुझायो ।

बुटवल– एमाले उपाध्यक्ष विष्णु पौडेललको गृहनगर बुटवल कांग्रेसको पोल्टामा गएको छ । कांग्रेसका खेलराज पाण्डेयले ३० हजार २४९ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ७१८ मत ल्याए । परम्परागत गढमै एमाले फराकिलो हार बेहोर्न बाध्य भयो ।

इटहरी– इटहरीमा कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल ३३ हजार ४९ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवारले जम्मा २८ हजार ३१ मत पाए । अध्यक्ष ओली तीनपटकसम्म इटहरी पुगेर पूर्वको चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न खोजेका थिए ।

जितपुर सिमरा–जितपुर सिमरामा एमालेका उम्मेदवारलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल १८ हजार ७४३ मत ल्याइ विजयी भए । एमालेका उम्मेदवारले १७ हजार ७७९ मत पाए । उपमेयरमा भोला अधिकारीले १७ हजार ४९२ मत ल्याइ कांग्रेसलाई पराजित गरे ।

हेटौंडा– एमालेको गढ रहेको हेटौंडामा आफैंबाट फुटेर गएको दल एकीकृत समाजवादीले किल्ला भत्काएको छ । दुष्मनी सम्बन्ध भएका माधव नेपालको पार्टीले ३० वर्षे गढ भत्काएपछि एमालेलाई झट्का नै दिएको छ । एकीकृत समाजवादीका उम्मेदवार मीना लामा २३ हजार ८० मतले विजय भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गरे । उपमेयरमा एमालेलाई हराउँँदै कांग्रेसका विजयी भएका छन् । उपमेयरमा कांग्रेका राजेश बानियाँ ३२ हजार ५९३ मत ल्याइ विजयी भए । उनका प्रतिस्पर्धी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत ल्याइन् ।

धरान– गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै स्वतन्त उम्मेदवार हर्क साम्पाङ राई विजयी भएका छन् । उपमेयरमा गठबन्धनबाट माओवादीका उम्मेदवार आइन्द्रबिक्रम बेघाले बाजी मारेका छन् । जनपक्षीय मुद्दा उठाउँदै जितेर साम्पाङले कांग्रेस र एमालेलाई नमिठो झट्का दिएका छन् ।

जनकपुरधाम–जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले अग्रता लिएका छन् ।

घोराही–कलैया– एमालेले ११ मध्ये अहिलेसम्म दाङको घोराही र बाराको कलैयामा जित निकालेको छ ।

तुलसीपुर– दाङकै तुलसीपुरमा एमाले र कांग्रेसबीच तिव्र प्रतिस्पर्धा भइरहेको छ । तुलसीपुरमा साँघुरो मतान्तरले एमाले उम्मेदवार अगाडि छन् ।

झापा– वैशाख २०, गृहजिल्ला झापा पुगेका थिए । पूर्वमा रहँदा ओली झापाको दमक, विराटनगर, इटहरी र धरानमा चुनावी कार्यक्रममा सहभागी भएका थिए । पूर्वलाई निक्कै प्राथमिकता राखे पनि ओलीकै गृहनगरमा एमालेले झट्का बेहोर्यो । एमालेको गढ मानिएको दमकमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भए । थापाले १७ हजार ५२५ मत पाउँदा उनक निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार गीताकुमारी पौडेलले १६ हजार ६९९ मत पाइन् । उपमेयरमा कांग्रेसका रेगिना भट्टराईले १७ हजार ७२ ल्याइ एमालेका उम्मेदवार अम्बिकाप्रसाद खनाललाई पराजित गरिन् । एमालेविरुद्ध कांग्रेस, माओवादी र राप्रपा एक ठाउँमा उभिएका थिए ।

एमालेप्रति जन आकर्षण व्यापक बढेको रुपमा अथ्र्याउँदै विपक्षी पार्टीबाट हजारौं नेता तथा कार्यकर्तालाई प्रवेश गराएको हल्लखल्ला गरे । तर आठ स्थानीय तह रहेको जुम्लामा एमालेले प्रमुख\अध्यक्ष र उपप्रमुख\उपाध्यक्षमा एकसिट पनि हात पार्न सकेन ।

इलाम–चैत ६, मा इलामको जनसभालाई सम्बोधन गरेका ओलीले एमालेले लगाइदिएको फुली फुकाल्न झलनाथ खनाल र माधव नेपाललाई चेतावनी दिएका थिए । ४ नगरपालिका र ६ गाउँपालिका गरी इलाममा १० स्थानीय तह छन् । एमाले उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङको गृहनगर इलाममा एमालेले पराजय भोग्यो । त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहनगर सूर्योदयमा पनि एमालेले धक्का खायो । सूर्योदयमा एकीकृत समाजवादीले अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भयो । अन्य पालिकामा मिश्रित परिणाम आएको छ ।

जुम्ला–चैत १७, कर्णालीका जुम्लाको चुनावी सभालाई ओलीले सम्बोधन गरेका थिए । जनताको अभूतपूर्व सहभागिता रहेको भन्दै ओली निकै हौसिए पनि । उनका सचिवालयले सामाजिक संजालमा ओली सहभागी चुनावी सभाको तस्बिर राख्दै कर्णालीमा एमाले बलियो रहेको सन्देश दिन खोजे । एमालेप्रति जन आकर्षण व्यापक बढेको रुपमा अथ्र्याउँदै विपक्षी पार्टीबाट हजारौं नेता तथा कार्यकर्तालाई प्रवेश गराएको हल्लखल्ला गरे । तर आठ स्थानीय तह रहेको जुम्लामा एमालेले प्रमुख\अध्यक्ष र उपप्रमुख\उपाध्यक्षमा एकसिट पनि हात पार्न सकेन । माओवादीको गढ मानिएको जुम्लामा कांग्रेसले ६ पालिका र माओवादीले २ पालिकामा विजय भयो । एमाले सबै पालिकामा तेस्रो स्थानमा सीमित भयो ।

नुवाकोट– वैशाख २, नुवाकोटको बट्टार बजारमा आयोजित जनसभालाई ओलीले सम्बोधन गरेका थिए । दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा माओवादीको सहयोगमा किस्पाङ गाउँपालिकाको अध्यक्षबाहेक सबै पालिकामा एमालेले लज्जास्पद हार व्यहोरेको छ । गत निर्वाचनमा सान्दार जित निकालेको विदुर नगरपालिका र बेलकोगढी गाउँपालिका पनि योपटक गुमाएको छ ।

हुम्ला– वैशाख ४, हुम्लाको श्रीनगर र सिमकोटमा आयोजित जनसभालाई ओली सम्बोधन गरेका थिए । ६ गाउँपालिका रहेको हुम्लामा एमालेले एक सिटपनि ल्याउन सकेन । सबै पालिकामा गठबन्धन दल कांग्रेस र माओवादी केन्द्र विजयी भएका छन् ।

रौतहट–वैशाख २३, गौरमा चुनावी सभालाई सम्बोधन गरेका ओलीले माधव नेपालविरुद्ध आगो नै ओकलेका थिए । नेपालको नाम लिंदा पनि मुख कुल्ला गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । नेपालको पार्टीले एक तह पनि जित्न नसक्ने ठोकुवा ओलीको थियो । तर माधव नेपालको गृहनगरसमेत रहेको गौर नगरपालिकामा प्रमुख र उप्रमुख एकीकृत समाजवादीले जित्यो । शम्भु साहले ६ हजार ३८१ मतले विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी लोसपाका उम्मेदवारले ३ हजार ७५५ मत पाए ।

उपमेयरमा एकीकृत समाजवादीकै उम्मेदवार शैलकुमारी साह ४ हजार ८०९ मत ल्याइ विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ३ हजार ८५ मत पाए । १८ वटा स्थानीय तह रहेको रौतहटमा एमालेले ४ पालिकामा मात्र जित निकाल्यो ।