इन्धनमा भारी मूल्यवृद्धि, पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यास सबैमा बढ्यो

काठमाडौं । फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँको दरले मूल्य बढाएको हो ।
नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य १८० रुपैयाँ पुगेको छ ।
डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य पनि दुई सय बढाएर १८ सय पुर्याइएको छ ।
प्रतिक्रिया