श्रीलंकाको रेमिट्यान्स ५० प्रतिशतले घट्याे
कोलम्बो । श्रीलंकाले अप्रिलमा श्रमिकबाट प्राप्त हुने रेमिट्यान्समा अप्रिलमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंक जनाएको छ ।
गत वर्षको यो अवधिको तुलनामा २४ करोड ८९ लाख प्रतिशत भन्दा बढीको गिरावट भएको बैंकद्वारा आइतबार सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ ।
सन् २०२१ को जनवरीदेखि अप्रिलको बीचमा श्रीलंकाले कामदारको रेमिट्यान्समा २.३८ अर्ब डलर प्राप्त गरेको थियो । उक्त रकम यो वर्ष १.०३ अर्ब डलरमा झरेको छ ।
यसैबीच सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म श्रीलंकाले पर्यटनबाट छ करोड २६ लाख ४० हजार डलर कमाएको थियो । गत वर्षको सोही अवधिमा यो रकम ३६ करोड डलर रहेको थियो ।
पर्यटन र श्रमिकको रेमिट्यान्स श्रीलंकाका लागि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत हो । दक्षिण एसियाली मुलुकले सन् २०२१ मा ५.५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको थियो । यो २०२० मा ७।१ अर्ब डलरबाट २३ प्रतिशतले घटेको थियो ।
श्रीलंकाले सन् २०१८ मा २३ लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको थियो । सन् २०१९ मा भएको बम विस्फोटनपछि उक्त सङ्ख्या १.९ मिलियनमा झरेको थियो । सन् २०२० र २०२१ मा कोभिड–१९ महामारीका कारण यो सङ्ख्यामा थप घटेको थियो ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया