रिभर फल्सको आइपिओ आज साझ ४ बजे बाडफाँड हुँदै

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आइपिओ आज बाडफाँड हुने भएकाे छ । कम्पनीले आज साझ चार बजे उक्त आइपिओ बाडँफाड गर्ने भएको हो ।
कम्पनीले बैशाख २८ गतेदेखि आइपिओ निष्काशन गरेको थियो । कम्पनीले २७ करोड ३० लाख रुपैयाँ बराबरको आइपिओ जारी गरेको हो। प्रतिकित्ता १०० अंकित मूल्यका दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो। यो मध्ये ५५ अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि बाडफाँड गरिएको छ ।
सर्वसाधारणका लागि भने कम्पनीले बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयर बाडफाँड गर्ने छ । कम्पनीले १० कित्ताका दरले २ लाख ५३ हजार ८९० जनाले मात्र सेयर पाउने जनाएको छ ।
प्रतिक्रिया