३४ अंकले घट्यो नेप्से, १ अर्ब ३६ करोडको कारोबार

काठमाडाैं । सोमबार नेप्से घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ५.६९ अंकले घटेर ४२९.०५ अंकमा पुगेको छ ।
आज नेप्से घटेपनि गत शुक्रबारको तुलनामा बढेको छ । आज कुल २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ सेयर खरिदबिक्री हुँदा एक अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रूपैयाँ बराबरको कारोबार भएको छ । गत शुक्रबार कुल २२३ कम्पनीको २५ लाख २४ हजार २६८ सेयर खरिद बिक्री हुँदा ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १३ वटा उपसमूह नै घटेको छ । आज सबैभन्दा बढी जीवन बीमा कम्पनीको सेयर मूल्य २६२ प्रतिशतले घटेको छ । त्यस्तै अन्य उपसमूहरूमा बैंकिङ १.१६, व्यापार १.१३, होटल तथा पर्यटन २.४४, विकास बैंक १.९७, जलविद्तुत २.८, वित्त २.४, नीर्जीवन बीमा कम्पनी १.७२, उत्पादन १.३५, अन्य ०.२४, लघुवित्त १.८४, समूहिका लगानी ०.९२ र लगानी २.०१ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज नबिलको सबैभन्दा धेरै ४ करोड १५ लाख ९ हजार २६५ रूपैयाँको कारोबार भएको छ । त्यस्तै अरूण भ्याली हाइड्रो पावरको ३ करोड ८७ लाख २७ हजार हजार ६२ रूपैयाँको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य ६.२ प्रतिशतले बढेको छ । त्यस्तै प्रभु लाइफ इन्स्योरेन्सको ५.२६, लुम्बिनी जनलरलो ४.२ प्रतिशतले बढेको छ ।
आज मिथिला लघुवित्त वित्तिय संस्थाको सबैभन्दा धेरै ५.८९ प्रतिशतले सेयरमूल्य घटेको छ भने वीन नेपालको ५.८७ प्रतिशतले सेयरमूल्य घटेको छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया