३४ अंकले घट्यो नेप्से, १ अर्ब ३६ करोडको कारोबार
काठमाडाैं । सोमबार नेप्से घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ५.६९ अंकले घटेर ४२९.०५ अंकमा पुगेको छ ।
आज नेप्से घटेपनि गत शुक्रबारको तुलनामा बढेको छ । आज कुल २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ सेयर खरिदबिक्री हुँदा एक अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रूपैयाँ बराबरको कारोबार भएको छ । गत शुक्रबार कुल २२३ कम्पनीको २५ लाख २४ हजार २६८ सेयर खरिद बिक्री हुँदा ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १३ वटा उपसमूह नै घटेको छ । आज सबैभन्दा बढी जीवन बीमा कम्पनीको सेयर मूल्य २६२ प्रतिशतले घटेको छ । त्यस्तै अन्य उपसमूहरूमा बैंकिङ १.१६, व्यापार १.१३, होटल तथा पर्यटन २.४४, विकास बैंक १.९७, जलविद्तुत २.८, वित्त २.४, नीर्जीवन बीमा कम्पनी १.७२, उत्पादन १.३५, अन्य ०.२४, लघुवित्त १.८४, समूहिका लगानी ०.९२ र लगानी २.०१ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज नबिलको सबैभन्दा धेरै ४ करोड १५ लाख ९ हजार २६५ रूपैयाँको कारोबार भएको छ । त्यस्तै अरूण भ्याली हाइड्रो पावरको ३ करोड ८७ लाख २७ हजार हजार ६२ रूपैयाँको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य ६.२ प्रतिशतले बढेको छ । त्यस्तै प्रभु लाइफ इन्स्योरेन्सको ५.२६, लुम्बिनी जनलरलो ४.२ प्रतिशतले बढेको छ ।
आज मिथिला लघुवित्त वित्तिय संस्थाको सबैभन्दा धेरै ५.८९ प्रतिशतले सेयरमूल्य घटेको छ भने वीन नेपालको ५.८७ प्रतिशतले सेयरमूल्य घटेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया