भरतपुरमा मतगणना रोकियो
काठमाडाैं । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेका प्रताप नाम गरेका प्रतिनिधि गणनास्थलमै गएर मतपत्र पट्याउन थालेपछि विवाद भएर गणना रोकिएको जनाइएको छ।
गणनास्थलमा एमालेले पठाएका प्रतिनिधि कर्मचारीले गणना गर्ने स्थलमा छिरेर मतपत्र पट्याउन थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। ती प्रतिनिधिले जालीभित्रै पसेर कर्मचारीले गर्ने काम गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
एमाले चितवनले भने आफ्नो प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको दाबी गरेको छ । एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले आफ्नो प्रतिनिधि नियतवश नभई झुक्किएर प्रवेश गरेको दाबी गरेका छन्।
अहिले एमालेले ती प्रतिनिधिलाई छोड्नुपर्ने र अनिमात्रै गणना सुरु गर्नुपर्ने अडान लिएको छ। विवाद करिब चार बजेतिर भएको हो।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया