रिभर फल्स पावरको आइपीओ बाँडफाँट, यी साइटबाट हेर्न सकिन्छ नतिजा
काठमाडाैं । रिभर फल्स पावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपिओ आज बिक्री प्रबन्धककै कार्यालयमै भएको हो ।
गोलाप्रथाबाट बल छनोट गर्दा लक्की नम्बर २ छनोट गरिएको छ । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो । गोलोप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख ५३ हजार ८९० जनाले मात्रै कम्पनीको आइपिओ प्राप्त गरेका छन् । बाँकी आवेदक १६ लाख ५ हजार ३५२ जनाको भने हात रित्तो भएको क्यापिटलले जनाएको छ ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १८ लाख ५९ हजार २४२ जना आवेदकले २ करोड १३ लाख ९४ हजार ६३० कित्ता सेयरका लागि २ अर्ब १३ करोड ९४ लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमध्ये ४९ हजार ९८३ जनाको आवेदन विभिन्न कारणले रद्ध भएको छ भने १८ लाख ९ हजार २५९ जनाको आवेदन मात्रै सदर भएको जनाएको छ ।
आइपीओ विभिन्न तरिकाबाट हेर्न सकिन्छ । आइपिओ रिजल्ट हेर्न बिक्री प्रबन्धक प्रभु क्यापिटलको https://www.prabhucapital.com/.. , सिडिएसीको मेरो सेयरको वेभसाइट https://meroshare.cdsc.com.np/#/login..सिडिएसीले आइपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेभसाइट https://iporesult.cdsc.com.np/.. र रिभर फल्स पावरको वेभसाइट https://www.riverfallshydro.com.np/.. मा गएर हेर्न सकिन्छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया