सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७९–८० का लागि आफ्नो नीीत तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ ।
१५ जेठमा बजेट र त्यसपूर्व नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार आज प्रस्तुत गर्न लागिएको हो ।
नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नेछिन् । त्यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज अपराह्न ४ बजे बस्दैछ ।
यसपटक सरकारले आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक–सामाजिक उन्नयनलगायतलाई प्राथमिकतामा राखेको बताइएको छ ।
संघ र प्रदेशमा आगामी मंसिरमा स्थानीय तह निर्वाचन हुने भएकाले नीति तथा कार्यक्रम र बजेटमा यसलाई पनि समेटिने छ ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया