NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

अपर हेवाखोला हाइड्रोपावरकाे आजदेखि आइपिओ निष्काशन

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले आजदेखि आइपिओ निष्काशन गरेकाे छ । कम्पनीले संखुवासभा जिल्लाका वासिन्दाका लागि आइपिओ जारी गरेको हो ।

कम्पनीले जारी आइपिओ छिटोमा जेठ १४ र ढिलामा असार ८ गतेसम्म खुला गर्ने छ । कम्पनीले स्थानीयलाई ५ लाख कित्ता सेयर निष्काशन गरेको हो ।

स्थानीयले उक्त आइपिओमा प्रतिकित्ता १०० अंकित दरले न्युनतम १० कित्तादेखि अधिकतम एम लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीय वासिन्दाले यस आइपीओमा एनएमबि क्यापिटल नागपोखरी काठमाडौं, अपर हेवाखोला कम्पनी अनामनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

साथै स्थानीयले प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको खाँदबारी शाखाबाट पनि आवेदन दिन सक्नेछन् यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्वा बैंक तथा वित्तिय संस्थाबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

उक्त आइपिओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

अपर हेवाखोलाले जेठ १० गतेबाट स्थानीय बासिन्दाको लागि आइपिओ निष्काशन गर्दै

अपर हेवाखोलाले जेठ १० गतेदेखि आइपिओ निष्काशन गर्ने