श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतद्वय श्रीलङ्काका लागि वासुदेव मिश्र र डेनमार्कका लागि प्रा डा रामस्वार्थ रायको नाम अनुमोदन गरेको हो ।
सरकारले प्रस्ताव गरेका २० जना राजदूतमध्ये मिश्र र रायका विषयमा उजुरी परेको थियो । उजुरी नपरेका १८ जनाको नाम यसअघि नै अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
प्रस्तावित दुवै राजदूतमाथिको उजुरीमा औचित्य नदेखिएकाले बैठकले सर्वसम्मतिले अनुमोदन गरेको उनले सुनाए । राजदूतको नाम अनुमोदनमा उपस्थित शतप्रतिशत सांसदले छलफलमा भाग लिई अनुमोदन गरेको हो ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया