NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अनियमिता भएको थाहा पाए खबर गर्नु भन्दै धरानका मेयर साम्पाङले दिए जनतालाई फोन नम्बर

काठमाडौं । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङले पानी नआउने, विजुलीको लाइन जाने वा कतै अनियमिता भएको थाहा पाए आफूलाई जानकारी दिन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्क नम्बर सार्वजनिक गरेका छन् ।

उनले हर्क साम्पाङ : द रेभुलेसन नामक फेसबुक पेजमार्फत आफ्ना दुईवटा व्यक्तिगत नम्बर सार्वजनिक गरेका हुन् ।

‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ भने मलाई ९८१९०१२३७२ वा ९७४६९६५१९८ मा सिधै कल गर्नु होला !’, उनले लेखेका छन् ।

साथै, मेयर साम्पाङले दुई–चारदिन मतदाताहरूलाई धन्यवाद ज्ञापन दिने काममा भुल्ने र त्यसपछि ‘फिल्ड वर्क’ शुरु हुने जानकारीसमेत दिएका छन् ।

चुनावअघि हर्क साम्पाङले गरेका थिए यस्तो भावुक प्रतिबद्धता – NepalWatch