अनियमिता भएको थाहा पाए खबर गर्नु भन्दै धरानका मेयर साम्पाङले दिए जनतालाई फोन नम्बर
काठमाडौं । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङले पानी नआउने, विजुलीको लाइन जाने वा कतै अनियमिता भएको थाहा पाए आफूलाई जानकारी दिन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्क नम्बर सार्वजनिक गरेका छन् ।
उनले हर्क साम्पाङ : द रेभुलेसन नामक फेसबुक पेजमार्फत आफ्ना दुईवटा व्यक्तिगत नम्बर सार्वजनिक गरेका हुन् ।
‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ भने मलाई ९८१९०१२३७२ वा ९७४६९६५१९८ मा सिधै कल गर्नु होला !’, उनले लेखेका छन् ।
साथै, मेयर साम्पाङले दुई–चारदिन मतदाताहरूलाई धन्यवाद ज्ञापन दिने काममा भुल्ने र त्यसपछि ‘फिल्ड वर्क’ शुरु हुने जानकारीसमेत दिएका छन् ।
चुनावअघि हर्क साम्पाङले गरेका थिए यस्तो भावुक प्रतिबद्धता – NepalWatch
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया