NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएकोमा सरकारले सन्तुष्ट महसुस गरेको छ : राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन कुनै पनि अवरोधविना शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा सरकारले सन्तुष्ट महसुस गरेको बताएकी छिन् ।

मंगलबार संसद् भवनमा आयोजित सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि आफ्नो नीत तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले उक्त कुरा बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले अघिल्लोपटक चुनाव नभएको वडामा समेत यसपटक निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गरेकी छिन् ।

निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन चुनाैतीपूर्ण हुँदा हुँदै पनि सफलपूर्वक सम्पन्न  गराउनमा निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दललगाय र आम नागरिकप्रति आभार व्यक्त गरेकी छिन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष