निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएकोमा सरकारले सन्तुष्ट महसुस गरेको छ : राष्ट्रपति
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन कुनै पनि अवरोधविना शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा सरकारले सन्तुष्ट महसुस गरेको बताएकी छिन् ।
मंगलबार संसद् भवनमा आयोजित सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि आफ्नो नीत तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले उक्त कुरा बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले अघिल्लोपटक चुनाव नभएको वडामा समेत यसपटक निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गरेकी छिन् ।
निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन चुनाैतीपूर्ण हुँदा हुँदै पनि सफलपूर्वक सम्पन्न गराउनमा निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दललगाय र आम नागरिकप्रति आभार व्यक्त गरेकी छिन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया