पोखरामा एमालेलाई धक्का, मेयरमा धनराज आचार्य विजयी
काठमाडौं । अन्ततः एमालेको गढ भत्काउँदै पोखरा माहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन् ।
गठबन्धनबाट उम्मेदवारी दिएका आचार्य ५८ हजार ८९३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५२ हजार ८४८ मत पाएका छन् । आचार्यको मतान्तर ६ हजार ४४५ रहेको छ ।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ दोस्रो पटक विजयी भएकी छन् । गुरुङले ६० हजार ५४६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन् ।
काठमाडौंपछिको सबैभन्दा धेरै मतदाता भएको महत्वपूर्ण महानगरमा आफूबाट विभाजित शक्तिले शान्दार जित निकाल्दा एमालेलाई ठूलो धक्का लागेको छ । गत निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा एमाले विजयी भएको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया