बेलायतका १५४ सांसदलाई रुस प्रवेश गर्न नदिइने
मस्को । बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ । रुसको विदेश मन्त्रालयले मङ्गलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।
रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा खरो रुपमा उभिएकाले उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको बुझिएको छ ।
गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वभरबाट त्यसको विरोध भइरहेको छ । केही देशको समर्थन र केही देश मौन रहेपनि रुसी आक्रमणका बारेमा अधिकांश देशहरूले विरोध नै जनाएका छन् ।
संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायहरूले तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट विवाद समाधान गर्न आग्रह गर्दै आएका छन् । विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूको आग्रहमा सुरुमा केही चरणमा दुई पक्षका बीचमा वार्ता भएपनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।
पछिल्लो समयका वार्ता र छलफलको क्रम पनि रोकिएको भन्दै विश्वभरबाट चिन्ता व्यक्त भइरहेको छ ।
वार्ताबाट समस्याको समाधान खोज्न चौतर्फी दवाव परेपनि रुस र युक्रेन दुवै देशले आ आफ्नै अडान कायम राखेकाले वार्ता प्रक्रिया अगाडि बढ्न नसकेको हो । युद्धका कारण धेरै जनधनको क्षति भएको छ भने अन्तर्राष्ट्रिय बजार र राजनीतिमा समेत नकारात्मक असर परेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया