पाटन दरबार क्षेत्रमा एकीकृत भौतिक पूर्वाधार निर्माण सुरु

काठमाडाैं । ललितपुरस्थित ऐतिहासिक पाटन दरबार क्षेत्रमा ढल निर्माण, खानेपानीका पाइपलाइन बिच्छ्याउने र विद्युत् तथा टेलिफोनका लाइनहरू भूमिगत गर्ने कार्य एकीकृत रूपमा आजबाट सुरु भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयबाट मेलम्ची खानेपानीका पाइपलाइनहरू विच्छ्याउने कार्य, पिअइडीअन्तर्गतको काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन परियोजनाबाट ढलका पाइप विच्छ्याउने कार्य, नेपाल विद्युत प्राधिकरणबाट बिद्युतका तारहरू भूमिगत गर्न ५ वटा एच.डी.पी.ई. पाइप विच्छ्याउने कार्य र नेपाल टेलिकमबाट टेलिकमका लाइनहरू भूमिगत गर्न डक्टहरू विच्छ्याउने कार्य पाटन क्षेत्रमा एकीकृतरूपमा भइरहेका छन् ।
विश्व सम्पदा सूचीमा सूचिकृत ऐतिहासिक पाटन दरबार क्षेत्रमा वर्षात्को पानी र ढलको उचित व्यवस्थापन नभएका कारण देखिएका समस्याको समाधानका लागि ललितपुर महानगरपालिकाका प्रमुखको विशेष पहलमा पाटन दरबार क्षेत्रको पौरानिकता तथा साँस्कृतिक संवेदनशीलतालाई ध्यानमा राखी युनेस्कोको मापदण्डमा रहेर आधुनिक यन्त्र उपकरणको प्रयोग नगरिकनै सम्पदा निर्माण सम्बन्धी तालिमप्राप्त जनशक्तिबाट हातेऔजार मात्र प्रयोग गरी ढल निर्माण कार्य हुँदै आएको छ ।
पाटन दरबार क्षेत्र बाहेकका अन्य स्थानमा भने ढल निर्माणको कार्यमा आधुनिक मेसिन औजार प्रयोग गरेर ढल निर्माण कार्यलाई तदारूकताका साथ अगाडि बढाइएको छ ।
विगतका वर्षहरूमा वर्षात्को समयमा पानी पर्दा पाटन दरबार स्क्वायर क्षेत्र र अन्य आसपासका सडकहरू जलमग्न हुने तथा प्लाष्टिक लगायतका ठोस पदार्थहरू ढल तथा मंगलमा जम्मा भई ढल जाम हुँदा सडक भएरै ढल बग्ने समस्याको समाधान गरी पर्यटक तथा सर्वसाधारणको आवतजावतलाई सहज तुल्याउनुका साथै पाटन क्षेत्रलाई स्वच्छ एवं सफा राख्ने उद्देश्यले ढल निर्माण कार्यलाई तीब्रता दिइएसँगै हाल झण्डै ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
यस अन्तर्गत इटिटोलदेखि सोथः सम्म तथा लगनखेलदेखि पाटन दरबार क्षेत्र र सोथः हुँदै शंखमूलसम्म २.८ किलोमिटर क्षेत्रमा १,४०० एमएम (आरसीसी) र एक हजार एमएम (डबल वाल कोरोगेटेड–म्ध्ऋ) मोटाईका पाइप बिछ्याएर शङ्खमूलको बागमती नदी किनारस्थित ढल संजालमा लगेर जोडिनेछ । यी पाइपबाट प्रवाह हुने फोहोर पानी धोविघाटस्थित फोहोरपानी प्रशोधन केन्द्रमा प्रशोधन गरी नदी खोलामा स्वच्छ एवम् सफा पानी प्रवाह गरिनेछ भने आकाशेपानी ओभरफ्लो संरचनाबाट बाइपास गरी बागमती नदीमा मिसाइनेछ ।
एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकार र ललितपुर महानगरपालिकाको संयुक्त लगानी गरी करिव ४८ करोडको कूल लागत रहेको ढल निर्माण कार्य आगामी पुससम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया