१४ अंकले बढ्यो नेप्से, १ अर्ब ४ करोडको कारोबार

काठमाडाैं । मंगलबार बढेको नेप्से बुधबार पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा पुगेको छ ।
त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.४२ अंकले बढेर ४३५.०९ अंकमा पुगेको छ । आज नेप्से बढेपनि मंगलबारको तुलनामा कारोबार रकम घटेको छ । आज कुल २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ सेयर खरिदबिक्री हुँदा एक अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रूपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार
एक अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४२ रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । आज कारोबार भएका १३ वटै उपसमूहममा हरियाली छाएको छ ।
आज सबैभन्दा व्यापारको सेयरमूल्य १. ५३ प्रतिशतले बढेको छ । त्यस्तै अन्य उपसूमहरूमा बैंक ०.५३, होटल तथा पर्यटन ०, विकास बैंक ०.६६, जलविद्युत १.१९, वित्त ०.५८, नीर्जीवन बीमा कम्पनी १.४३, उत्पादन ०.५७, अन्य ०.५३, लघुवित्त ०.६४, जीवन बीमा कम्पनी ०.६२, सामूहिक लगानी कोष ०.४८ र लगानी ०.१६ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया