मानवअधिकार संरक्षण गर्न चीन प्रतिबद्ध छ- सी जिनपिङ
बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटसँग भिडियो लिंकमार्फत भेटवार्ता गरेका छन् ।
ब्याचेलेटलाई चीनमा स्वागत गर्दै राष्ट्रपति सीले चीनको मानवअधिकारको विकाससँग सम्बन्धित प्रमुख मुद्दाहरूको बारेमा विस्तृत रूपमा व्याख्या गरे ।
उनले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) र चिनियाँ सरकार मानवअधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको बताए ।
चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै चिनियाँ जनताको खुशी र चीनको पुनरुत्थानलाई केन्द्रमा राखेको उनले बताए ।
चिनियाँ कम्युनिष्ट पार्टीले सय वर्षभन्दा बढी समयदेखि जनताको हितमा काम गर्ने प्रयास गरेको पनि राष्ट्रपति सीले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया