NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सरकारकाे नीति तथा कार्यक्रम चास्नीमा नडुबाएकाे जेरी जस्ताे : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नराखेको गुजुल्टिएको जेरी भएको टिप्पणी गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि बिहीबार संसदलाई सम्बोधन गर्दै उनले अर्थहीन शब्दजालले जेलिएको र जनता अलमलाउने खेल भएको टिप्पणी गरेका हुन् ।

प्रतिनिधिसभामा बोल्दै बिहीबार अध्यक्ष ओलीले जनताका समस्या सम्बोधन गर्ने तथा समस्या समाधान हुने किसिमको नीति तथा कार्यक्रम नभएको टिप्पणी गरेका छन् । योसँगै उनले स्थानीय निकायको चुनावमा सत्तापक्षले बुथ कब्जा गरेर चुनाव जितेका आरोप लगाएका छन् ।

‘सरकारको नीति तथा कार्यक्रम चास्नीमा नरोखको जेरी जस्तै गुजुल्टिएको छ । केही मिलेको छैन । जनता झुक्याउने शब्दजालमात्र छ, अर्थ न बर्थको गोविन्द गाई जस्तै छ’, ओलीले आलोचना गर्दै भने, ‘नीति तथा कार्यक्रमले भ्रष्टचारलाई प्रसय दिने, गैरजिम्मेवार प्रवृत्ति, राजनीतिलाई अस्थिर बनाउने खालको छ । अस्थिरताको घोषणापत्रको रुपमा नीति तथा कार्यक्रम आएको छ ।’