सर्वोच्चले आफ्नै फैसला उल्टाउँदै डिआइजी रन्जन कोइरालालाई कारागार पठाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले श्रीमती हत्या आरोप लागेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रन्जन कोइरालाको कैद मिनाह गर्ने यसअघिको आफ्नै फैसलालाई उल्टाएको छ ।
दुई वर्षअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासको कैद मिनाहा गरेको आदेशलाई उल्टाइदिएको हो ।
बिहीबार कामु प्रधानन्यायाधीश दीपकुकमार कार्की, न्यायधीश टंक कार्की र डा. कुमार चुडालको पूर्ण इजलासले पुनः काराकार पठाउने आदेश दिएको हो । यसअघिको आदेशमा जन्म कैद सँजाय घटाएको थियो । सर्वोच्चको आदेश आदेशपछि रिहा भएका कोइरालाले साढे ११ वर्ष काराकार सँजाय भोग्नुपर्ने छ ।
प्रतिक्रिया