काठमाडौंको मतगणता सकियो, वडा नम्बर १४ मा कांग्रेस विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ । अन्तिममा वडा नम्बर १४ को गणना गरेसँगै मतगणना सकिएको हो ।
वडा नम्बर १४ को वडाध्यक्षमा कांग्रेसका सुमन श्रेष्ठ विजयी भएका छन् । उनले एमालेकी रश्मि खड्कालाई ९६ मतको अन्तरले हराएका हुन् ।
श्रेष्ठले ३४४२ ल्याए भने खड्काले ३३४६ मत प्राप्त गरिन् ।
वडा नम्बर १४ मा पनि मेयरमा बालेन शाहले नै बढी मत पाएका छन् ।
पूरै महानगरको मतगणना सकिए पनि अन्तिम मत परिणाम आउन भने बाँकी छ ।
यद्यपि, काठमाडौंको मेयरमा यसअघि नै बालेन विजयी भइसकेका छन् ।
प्रतिक्रिया