NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

रेड्मी १० नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडाै‌‌ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० सार्वजानिक गरेको हो ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमारले भने, ‘हाम्रो लागि उपभोक्ता नै हाम्रो केन्द्रबिन्दु हो जसले गर्दा हामीलाई शाओमीले प्रयोग गर्ने टेक्नोलोजी सबैका लागि पहुँच योग्य बनाउन प्रेरित गर्दछ । कम बजेटमा राम्रो परफमेन्स खोज्नेहरुका लागि रेड्मी १० सबै भन्दा उत्कृष्ट उत्पादन हो । रेड्मीको यो उपकरणमा फ्ल्यागशिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० ६एनएम प्रोसेसरहरु रहेको छ।’

ब्लकबस्टर डिस्प्ले

नयाँ रेड्मी १० को पछाडि जडान गरिएको ठूलो क्यामेराको साथमा फिंगरप्रिन्ट स्क्यान गर्ने स्पेस सबैभन्दा आकर्षक विशेषता रहेको छ । १.१३ एमएम मोटाइ र २०३ ग्राम वजन भएको यो फोन १७.०४ एमएम (६.७१) डिस्प्लेको साथ तपाईको लागि उत्तम उत्पादन हुन सक्छ ।

पछिल्लो संस्करणको तुलनामा २ गुना छिटो

बजेटको आधारमा लोकप्रिय स्नापड्गन ६८० चिपसेट कार्यसम्पादनमा कुनै सम्झौता नगरी प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ। एन्ड्रोइड ११ मा आधारित  एमआइ युआइ१३ मा ६ जीबीसम्मके राम सफ्टवेयर भएको रेड्मी १० मा सम्मको आन्तरिक स्टोरेज रहेको छ जुन प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ।

क्यामेरा

अप्टिक्सको सन्दर्भमा,  रेडमी १० मा कुल तीन सेन्सरहरू छन्। पछाडिको डुअल क्यामेरा सेटअपमा ५० एमपी प्राइमरी शूटर र २ एमपी डेप्थ क्यामेरा समावेश छ भने सेल्फी र भिडियो कलहरूको लागि ५एमपी  क्यामेरा समावेश गरिएको छ। यो रेड्मी १० मा रियर र फ्रन्ट क्यामेरा दुवैबाट ३० एपफीएस मा १०८० भिडियो खिच्न सकिन्छ।

बाँकी विशेषताहरु

डुअल–ब्यान्ड वाइफाइ र ब्लुटुथ ५‍.० समर्थन गर्ने, डाउन–फायरिङ स्पिकर र ३.५ एमएम हेडफोन ज्याकको साथ यस रेड्मी १० मा प्रयोगकर्ताहरूले ५१२ जीबीसम्मको माइक्रो एसडी कार्ड विस्तार गर्न सक्छन्।

नेपालमा रेड्मी १० को मूल्य र उपलब्धता

रेड्मी १० नेपाली बजारमा मिडनाइट बल्याक, पसिफिक ब्लु, करेबेयन ग्रीन मा उपलब्ध छ । नेपालमा रेड्मी १० ४/६४ न्द्य संस्करणको मूल्य  १८ हजार ९९  छ। त्यस्तै, हाई–एन्ड ६/१२८ जीबी संस्करणको मूल्य २१ हजार ९९९ रहेको छ। रेड्मी १० को यो फोन नेपालभर आधिकारिक मी स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ  ।