ग्यासको बुलेटमा लागेको आगो नियन्त्रणमा, सडक दुईतर्फी सञ्चालन
भरतपुर । चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा पर्ने पन्ध्र किलोमा दिउँसाे १ बजेतिर ग्यास बोकेको बुलेटमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो नियन्त्रणमा आएपछि सडक दुईतर्फी सञ्चालन भएकाे छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको यूपी १७ एटी ८६२७ नम्बरको बुलेटकाे अगाडिकाे भागमा क्षति पुगे पनि ग्याँस सुरक्षित रहेकाे छ ।
बुलेटमा भारतको उडिसाकाे पैरवी ग्याँस कम्पनीबाट धादिङकाे श्रीराम ग्याँस उद्योगको लागि ग्यास ल्याइएकाे थियाे ।
नेपाली सेना, नेपाल प्रहरी र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हाे । आगो नियन्त्रणमा लिने क्रममा नारायणगढ मुग्लिन सडकखण्डमा केही समय सवारी आवागमन रोकिएको थियो ।
बुलेट बिजुलीकाे पाेलमा ठाेक्किँदा आगलागी भएकाे चितवन प्रहरीले जनाएकाे छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया