NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

बससेवामार्फत् टिकट काट्ने तीन जनाले पाए सुनको असर्फी

काठमाडौं । अनलाइनमार्फत् बसको टिकट खरिद गर्ने तीन जनाले सुनको असर्फी पाएका छन् । सुनको असर्फी जित्न सफल भएकाहरुमा तनहुँका नविन जोशी, बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्का रहेका छन् ।

बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै अनलाइनमार्फत् टिकट बुकिङ गर्नेलाइ सुनको असर्फी जित्न याजना ल्याएकाे थियाे । यसैगरी २० जना यात्रुले क्यूएफएक्स मुभी टिकट जित्न सफल भएका छन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्सको नारायणी नदिमा मोटरबोट टिकट प्राप्त गरेका छन् । उपहार विजेताहरु बुधवार गोलाप्रथामार्फत् चयन गरिएको थियो । गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको फेसबुक पेजमार्फत् गरिएको थियो ।

अफरमा वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवामार्फत् टिकट काट्ने यात्रु सहभागी रहेका थिए । बससेवाले आगामी दिनमा पनि यात्रु लक्षित विभिन्न अफर सार्वजनिक गर्दै लैजाने जनाएको छ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।