यौनहिंसा मुद्दाको उजुरीमा हदम्याद हटाउन संकल्प प्रस्ताव दर्ता
काठमाडौं । यौन हिंसासम्बन्धी उजुरीका लागि हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
सभामा सांसद कमला पन्तको प्रस्तावलाई विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, शेखरकुमार सिंह, मदनकुमारी शाह, तुलप्रसाद विश्वकर्मा र गंगाकुमारीले बेलबासेले दर्ता गराएका हुन् ।
तोकिएको हदम्यादका कारण पीडितले न्याय नपाउने र पीडकले सजाय नपाउने अवस्था भएकाले हदम्याद हटाउन संकल्प प्रस्तावमा भनिएको छ ।
संकल्पमा बालबालिकामाथि हुने यौन हिंसामा उजुरी दिने हदम्याद पूर्ण रुपमा हटाउने र अन्यको हकमा जघन्य अपराधमा उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्था पुनरावलोकन र पुनर्विचार गर्न संशोधन गर्ने माग गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया