NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

निर्वाचनका विषयमा सरकारमाथि धारे हात लगाउनु बेठिक छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा सरकारले धाँधली गरेको भनेर प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ‌ओलीले ‘धारे हात लगाउनु बेठीक’ भएको बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा दाहालले स्थानीय तह निर्वाचनमा कमीकमजोरी भएका छन् भने सबै राजनीतिक दलले आत्मसमीक्षा गर्नुपर्ने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक रुपमा लज्जास्पद हार भएको संश्लेषण गर्ने, अनि संसद्मा आएर सरकार र गठबन्धनले जबरजस्ती गर्यो भनेर गरेको टिप्पणी तर्कसंगत नभएको अध्यक्ष दाहालको भनाइ छ । मतगणना सम्पन्न हुँदै गएपछि सरकारलाई धारे हात लगाउनुको कुनै पनि अर्थ नभएको उनको भनाइ छ ।

सफल भएको र सबै सहभागी भएको निर्वाचनमा आफ्नो पक्षमा नतिजा नआएपछि सरकारमाथि घारेहात लगाउने तरिका बेठिक भएको उनले बताए ।

‘स्थानीय तह निर्वाचन मूलभूत रूपमा सफल भएको छ । हामी सबै सहभागी भएको निर्वाचन मतगणना हुँदै जाँदा, मतपरिणाम आउँदै गर्दा पराजित भएपछि सरकारमाथि धारेहात लगाउने विल्कुल बेठीक छ’ उनले भने ।