निर्वाचनका विषयमा सरकारमाथि धारे हात लगाउनु बेठिक छ : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा सरकारले धाँधली गरेको भनेर प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले ‘धारे हात लगाउनु बेठीक’ भएको बताएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा दाहालले स्थानीय तह निर्वाचनमा कमीकमजोरी भएका छन् भने सबै राजनीतिक दलले आत्मसमीक्षा गर्नुपर्ने बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक रुपमा लज्जास्पद हार भएको संश्लेषण गर्ने, अनि संसद्मा आएर सरकार र गठबन्धनले जबरजस्ती गर्यो भनेर गरेको टिप्पणी तर्कसंगत नभएको अध्यक्ष दाहालको भनाइ छ । मतगणना सम्पन्न हुँदै गएपछि सरकारलाई धारे हात लगाउनुको कुनै पनि अर्थ नभएको उनको भनाइ छ ।
सफल भएको र सबै सहभागी भएको निर्वाचनमा आफ्नो पक्षमा नतिजा नआएपछि सरकारमाथि घारेहात लगाउने तरिका बेठिक भएको उनले बताए ।
‘स्थानीय तह निर्वाचन मूलभूत रूपमा सफल भएको छ । हामी सबै सहभागी भएको निर्वाचन मतगणना हुँदै जाँदा, मतपरिणाम आउँदै गर्दा पराजित भएपछि सरकारमाथि धारेहात लगाउने विल्कुल बेठीक छ’ उनले भने ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया