गगन थापालाई शान्ता चौधरीको प्रश्न – तपाईँको मानवता हराउँदै गएको हो ?
काठमाडौं । नेकपा एमालेकी सांसद शान्ता चौधरीले कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीबारे शनिबार प्रतिनिधि सभामा गरेको टिप्पणीको खण्डन गर्दै थापालाई प्रश्न गरेकी छन् ।
चौधरीले फेसबुकमा लेखेकी छन्, ‘‘तपाईंले आज प्रतिपक्षी नेताको स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढंगले बोल्दा तपाईँमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो ।’
थापाले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै केपी ओलीले ‘रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ’ भन्दै टिप्पणी गरेका थिए । बिहीबार
नीति तथा कार्यक्रममाथि धारणा राख्दा एमाले अध्यक्ष ओली कुर्सीमा बसेर आफ्नो धारणा राखेका थिए ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया