आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छ : सांसद थापा
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रश्नको जवाफ दिन सकिने तर आवेग, कुण्ठामा सहानुभूति मात्रै दिन सकिने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गरेको सम्बोधनका बारेमा टिप्पणी गर्दै उनले भने, ‘यतिबेला हामीले सुनिदिनुपर्छ । कुन स्थानमा कसरी जवाफ दिने हामी पछि गरौंला ।’
प्रमुख प्रतिपक्षी दलका नेताले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा गलत विषयलाई उठाएको भन्दै सांसद थापाले प्रश्नको उत्तर हुने भए पनि आवेग कुण्ठाको कुनै उत्तर नहुने बताए ।
कांग्रेसका महामन्त्री थापाले भने, ‘प्रश्नको उत्तर हुन्छ, विचारमा टिप्पणी हुन्छ । रन्थिनिएका बेलामा उठेर सुतेर, बसेर जसरी बोले पनि हुन्छ । हामीले सुनिदिनुपर्छ ।’
प्रमुख प्रतिपक्षी दलका नेताले रन्थनिएका बेला आफ्ना धारणा राखेको टिप्पणी थापाले गरे । उनले भने, ‘कहाँ बोल्ने, कहिले बोल्ने भन्ने कुरा बोल्नेले हेक्का राख्नुपर्छ ।’
उनले निर्वाचन हुँदैन भनिएको थियो, सानदाररुपमा सम्पन्न भएको उल्लेख गर्दै उनले बाजुराको बूढीगङ्गामा स्थगित भएको निर्वाचनको पनि निर्वाचन आयोगले प्रक्रिया अगाडि बढाउने तयारी गरेको जानकारी दिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया