NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

आज बजेट ल्याउँदै सरकार

काठमाडौं । सरकारले आज आर्थिक वर्ष ०७९/८० का लागि अनुमानित आय व्यय प्रस्तुत गर्दैछ ।

हरेक वर्षको जेठ १० गतेभित्र नीति तथा कार्यक्रम र १५ भित्र बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यहीअनुसार, नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले आज बजेट प्रस्तुत गर्ने तयारी गरेको हो ।

त्यसका लागि आइतबार साँझ ४ बजे  प्रतिनिधिसभा बैठक बोलाइएको छ । त्यसअघि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक बोलाइएको छ । सो बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।

योजना आयोगका उपाध्यक्ष संयोजकत्वको स्रोत समितिले यस वर्ष १७ खर्ब ४५ अर्बको बजेट ल्याउन सिलिङ तोकेको छ । तर योभन्दा पनि बढाएर सरकारले बजेटको तयारी गरेको बताइएको छ ।

आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने भएकाले त्यसमा बजेट बढी केन्द्रित हुने बताइएको छ ।

वृद्धवृद्धा, कर्मचारी, उद्योगी, व्यवसायी, कृषकलगायतलाई खुसी पार्नेगरी यस वर्षको बजेट तयार गरिएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष