दुई महिनामा न्यायाधीशविरुद्धका ७८ उजुरी तामेली

काठमाडौं । न्यायपरिषदले दुई महिनाको अवधिमा न्यायाधीशविरुद्ध परेका ७८ उजुरी तामेलीमा पठाएको छ । हाल एक सय चार उजुरीमाथि छानबिन भइरहेको छ ।
छानबिनका क्रममा तथ्य नदेखिएकाले तामेलीमा राखिएको परिषद्ले जनाएको छ । परिषदमा लामो समयदेखि छानबिनकै क्रममा रहेका उजुरी तामेलीमा राखिएको हो । आर्थिक वर्ष ०७७÷७८ देखिकै उजुरी परिषदमा छन् ।
कायममुकायम प्रधानन्यायाधीशका रूपमा दीपककुमार कार्कीले परिषदको नेतृत्व गरेसँगै झण्डै डेढ वर्ष निष्क्रिय रहेको परिषद् पुनः सक्रिय बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएसँगै उनी वरिष्ठताका आधारमा स्वतः कायममुकायम भएका थिए । कार्की अध्यक्ष भएयता दुई महिनामा सातवटा बैठक बसेको परिषद्ले जनाएको छ । त्यसक्रममा दुई आर्थिक वर्षदेखि दर्ता मात्र भई फस्र्योट नभएका उजुरीमाथि कारबाही थाल्नुका साथै विभिन्न नियुक्ति सिफारिस भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया