NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

छिमेकीको कुटाइले तुहियो गर्भ

काठमाडौं । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–४ मा छिमेकीको कुटाइबाट स्थानीय २२ वर्षीया रञ्जुदेवी मण्डलको गर्भ तुहिएको छ ।

कुटपिटका कारण अत्यधिक रक्तस्राव भएपछि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा जचाउँदा गर्भ खेर गएको पुष्टि भएको हो ।

घटना गत सोमबारको हो । श्रीमान् अजयकुमार मण्डलले छिमेकी हरिहर मण्डलको कुकुरलाई हिर्काएको निहुँमा छोराहरू श्रीराम र शिवशंकरसहित आएर आफूमाथि आक्रमण गरुेको पीडित रञ्जुदेवीले बताइन् । पेटमा गर्भ रहेको जानकारी गराउँदै जथाभावी नहान्न भन्दा झन् पेटमै हिर्काएको उनको गुनासो छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

पीडितले घाउ जाँचको रिपोर्टसहित जाहेरी दिएको पाँचौं दिनसम्म पनि प्रहरीले चासो दिएको छैन । स्थानीय जनप्रतिनिधिले पनि कारबाहीको साटो मिलापत्रका लागि दबाब दिइरहेको पीडितको भनाइ छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष