NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

७० करोड घुस काण्डमा मुछिएका व्यक्ति कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं । सरकारले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडियो विवादमा जोडिएका विकल पौडेललाई सुरक्षित मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सेक्युरिटी पिन्टिङ प्रेस खरिदको छानबिन गरेर कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान अयाोगलाई गरेको सिफारिस टुंगोमा नपुग्दै पौडेललाई नियुक्त गरिएको हो ।

पौडेललाई सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्तावमा मन्त्रिपरिषद्ले पुनः नियुक्ति दिने निर्णय गरेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई नियुक्त गरेको थियो ।

०७६ मा एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले फ्रान्स र जर्मनीका कम्पनीका तर्फबाट सुरक्षण मुद्रण स्थापनाका लागि आएको प्रस्ताव जिटुजी मोडलमा खरिद गर्न स्वीकृति दिएपछि अनियमितताको उजुरीका आधारमा छानबिन सुरु भएको थियो । उक्त प्रस्ताव मुद्रण केन्द्रका निर्देशक पौडेल नेतृत्वको समितिले तयार गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाएको थियो । लेखा समितिले मेसिन खरिदका लागि अपनाइएको प्रक्रिया र महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बेरुजुमाथि छलफल टुंग्याएको छैन ।

लेखा समितिका सचिव तथा संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले कारबाहीका लागि अख्तियारलाई पठाएको विषयमा टुंगोमा नपुगेको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष