मुस्ताङका प्रजिअ भन्छन्– हराएको विमानबारे केही पत्तो लागेको छैन

काठमाडौं । तारा एयरलाइन्सको सम्पर्कविहीन विमानबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेत्रप्रसाद शर्माले बताएका छन् ।
प्रजिअ शर्माका अनुसार, हराइरहेको विमानको खोजीमा सुरक्षाकर्मीलगायत परिचालित भएका छन् । तर अहिलेसम्म विमानको अवस्थाबारे कुनै विवरण प्राप्त भएको छैन ।
‘जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको विमान हराएको खबर पाएलगत्तै हामीले खोजी कार्य गरिरहेका छौं । तर अहिलेसम्म अवस्थाबारे पत्ता लाग्न सकेको छैन,’ शर्माले नेपालवाचसँग भने ।
ताराको एयरलाइन्सको ९ एएनएइटी कल साइनको ट्वीन अटर जहाज सोमबार बिहान १९ यात्रुसहित पोखराबाट जोमसोमका लागि उडेको थियो । तर केही समयमा नै सम्पर्कविहीन विमानको अवस्थाबारे अहिलेसम्म खुलेको छैन ।
प्रतिक्रिया