काेभिडले राेकिएकाे भारत-बंगलादेश रेल सेवा दुई वर्षपछि सञ्चालन
नयाँ दिल्ली । कोभिड-१९ महामारीका कारण दुई वर्षभन्दा बढीको अन्तरपछि भारत र बंगलादेशबीच यात्रुवाहक रेल सेवा आइतबार पुनः सुरु भएको अधिकारीहरूले बताएका छन् ।
भारतको पश्चिम बङ्गालको कलकत्ता स्टेसनबाट बन्दन एक्सप्रेस रेलको यो सेवा हप्ताको दुई दिन चल्ने बताइएको छ । कोभिड-१९ महामारीका कारण २०२० माघदेखि बंगलादेशको कलकत्ता र खुलनाबीचको रेल सेवा ठप्प भएको थियो ।
रिपोर्टअनुसार सीमाका दुवै किनाराका मानिसहरू रेल सेवाहरू पुनः सुरु भएकोमा उत्साहित भएका र आगामी केही दिनको लागि सेवाको टिकट पूर्ण रूपमा बुकिङ भएको बताइएको छ ।
कलकत्ता र बंगलादेशको राजधानी ढाकालाई जोड्ने मैत्री एक्सप्रेसले पनि सेवा पुनः सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।
बन्दना एक्सप्रेस र मैत्री एक्सप्रेससहित भारत-बंगलादेश रेल सेवा दिँदै आएको मिताली एक्सप्रेसले पनि आगामी जुन १ बाट सेवा पुनः सञ्चालनमा ल्याउने बताएको छ । पश्चिम बङ्गाल र ढाकामा रहेको न्यू जलपाईगुढीलाई जोड्ने यो सेवा २०२१ मार्चमा उद्घाटन गरिएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया