बजेटले लगानीकर्ताहरुलाई खुसी बनाउन सकेन, ५० अंकले घट्यो नेप्से

काठमाडाैं । आइतबार अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले सेयर बजारका लगानीकर्ताहरुलाई खुसी सकेन । बजेट पारित भएको भोलिपल्ट अर्थात आज नेप्से ५०.३३ अंकले घटेर २१७३.४४ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.३३ अंक घटेको छ ।
आज २२७ स्टकको ३४ लाख ५६ हजार ५२९ सेयर कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२२ प्रतिशत घटेको छ। त्यसैगरी, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन्।
नेप्से घटेपनि यस दिन बलेफी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कम्पनीको शेयरमूल्य यस ९.९९ प्रतिशत बढेको छ । त्यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.२३ प्रतिशत बढेको छ । आज नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल टेलिकमको सबैभन्दा धेरै ४ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिष्टिलरी र एनआईसी एशिया बैंकको ४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया